२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

भरतपुर मतगणना : दाहाल र सुवेदी बीच मतान्तर बढ्दै

- विशेष खबर सोमबार ०९, जेठ २०७९ ०७:३८

भरतपुर मतगणना : दाहाल र सुवेदी बीच मतान्तर बढ्दै

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै लगेकी छन्। अहिलेसम्म एक लाख ८ हजार ४५ मत गणना हुँदा दाहालले ४३ हजार चार सय ८४ मत ल्याएकी छन्।

यहाँ नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका विजय सुवेदी पछि परेका छन्। सुवेदीले अहिलेसम्म ३३ हजार छ सय १२ मत ल्याएका छन्। रेनु र विजयबीच नौ हजार आठ सय ७२ मतको फरक छ।

मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार तीन सय ३० मत ल्याएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ४४ हजार आठ सय २८ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनबाट राप्रपा उम्मेदवार हिमला गुरुङले २६ हजार छ सय १५ मत ल्याएकी छन्।


प्रतिकृया दिनुहोस