२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

- विशेष खबर आइतबार ०८, जेठ २०७९ १०:३७

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार  नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । यस्तै प्रमुखमा नेकपा एमालेका रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् । उनले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरकेी छन् ।

उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत प्राप्त गरेका छन् । ९३ हजार १५१ मतदाता रहेको  उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस