२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

काठमाडौंमा वालेन्द्र १७ हजारले भाेटले अगाडि, स्थापित तेस्राेमा

- विशेष खबर आइतबार ०८, जेठ २०७९ ०७:४६

काठमाडौंमा वालेन्द्र १७ हजारले भाेटले अगाडि, स्थापित तेस्राेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले १७ हजार भन्दा बढी मतान्तर बनाएका छन् । 

साहले कांग्रेस र एमालेका उम्मेदवारलाइ आइतबार बिहानसम्म १७ हजारभन्दा बढीको अन्तरले पछाडि पारेका हुन् । यसअघि दोस्रो स्थान लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले उछिनेकी छन्। सिंहले  स्थापितलाई २ सय ९१ को मतान्तरले पारेकी हुन् । 

वालेनले एमालेसँग १७ हजार ३ सय २५ को मतान्तर बनाएका छन् भने कांग्रेससँग १७ हजार ३४ को मतान्तर छ। आइतबार बिहानसम्मको मत गणनाकाे अद्यावधिक विवरणमा वालेन्द्र साहले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् ।

दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत र एमालेका केशव स्थापित २१ हजार ८ मत ल्याएर तेस्रो स्थानमा छन्।

काठमाडौं महानगरपालिकामा १ लाख ६ हजार ३ सय ५२ मत गणनाको नतिजा सार्वजनिक भएकाे हाे । अझै ८४ हजारभन्दा बढी मत गणना गर्न बाँकी छ ।


प्रतिकृया दिनुहोस