२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

विराटनगरको मेयरमा नागेश कोइराला निर्वाचित

- विशेष खबर शनिबार ०७, जेठ २०७९ ०६:२७

विराटनगरको मेयरमा नागेश कोइराला निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनका साझा उम्मेदवार नागेशले ३० हजार १ सय ७० मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए । यसैगरी, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत ल्याएका छन्। राप्रपाका प्रल्हादप्रसाद साहले ५२१६ मत ल्याए।  

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाए। यस्तै राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले ६४०१ मत पाइन् ।

२०७४ मा विराटनगर महाननगरपालिकामा नेपाली कांग्रेसका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की निर्वाचित भएका थिए। नवनिर्वाचित मेयर कोइराला नेपाली कांग्रेस मोरङका उपसभापति छ्न् ।  


प्रतिकृया दिनुहोस