२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

केपी ओलीको गृहनगर दमकमा एमाले पराजित

- विशेष खबर शुक्रबार ०६, जेठ २०७९ ११:१२

केपी ओलीको गृहनगर दमकमा एमाले पराजित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेकाे गृहनगर दमक नगरपालिकामा एमाले पराजित भएको छ।

राप्रपाका रामकुमार थापाले एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई ५५९ मतले हराएका छन्। पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाएका छन् । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्।

चर्चाको केन्द्र रहेको दमक नगरमा एमाले विरुद्ध कांग्रेस–माओवादी र राप्रपाले गठबन्धन गरेका थिए ।

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई निर्वाचित भएकी छन्। उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १६५७४ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस