२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

भरतपुरमा रेनु ३३१० मतले अगाडि

- विशेष खबर शुक्रबार ०६, जेठ २०७९ ०८:२२

भरतपुरमा रेनु ३३१० मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । उनले तीन हजार ३१० मतान्तरले अग्रता लिएकी हुन् । 

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैगेकी छन् । दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा एमालेबाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन् । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३  हजार ६४६ मत प्राप्त गरेका छन् । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा एकीकृत समाजवादी तथा वडा नं ३ मा  एमाले विजयी भएको छ ।

वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।


प्रतिकृया दिनुहोस