२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

पोखरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

- विशेष खबर शुक्रबार ०६, जेठ २०७९ ०७:५५

पोखरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

पाेखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गरेका छन् । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गरेका हुन् । 

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेकी छन् ।    


प्रतिकृया दिनुहोस