२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

६१७ स्थानीय तहकाे मत परिणाम घाेषणा, कसले कति जिते ?

- विशेष खबर शुक्रबार ०६, जेठ २०७९ ०७:३९

६१७ स्थानीय तहकाे मत परिणाम घाेषणा, कसले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहानसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो । ती मधये २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् ।

यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् । ६ महानगरसहितका स्थानीय तहकाे मत गणना भइरहेकाे छ । 


प्रतिकृया दिनुहोस