२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

५३४ स्थानीय तहकाे परिणाम घोषणा, कसले कति जिते ?

- विशेष खबर बिहिबार ०५, जेठ २०७९ ०८:१६

५३४ स्थानीय तहकाे परिणाम घोषणा, कसले कति जिते ?

काठमाडाैं । स्थानीय तह निर्वाचन अन्तरगत बिहीबार बिहानसम्म ५३४ पालिकाहरुको मत परिणाम घोषणा भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा ७५३ मध्ये ५३४ काे चुनावी परिणाम घाेषणा भएकाे हाे ।

अहिलेसम्मकाे नतिजा अनुसार नेपाली कांग्रेसले २४१ स्थानीय तह प्रमुख जितेर पहिलाे स्थान कायम गरेकाे छ । नेकपा एमालेले १५४ पालिका प्रमुख जितेकाे छ ।नेकपा माओवादी केन्द्र १०१ स्थानमा जित हासिल गरेर तेस्राे स्थानमा छ ।

बिहीबार बिहानसम्म जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।

०७४ काे  स्थानीय चुनावमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो ।

उपप्रमुखतर्फ भने कांग्रेसले २२४, एमालेले १६४, माओवादी केन्द्रले १०६, एकीकृत समाजवादीले १६ मा  जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १३, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जितेकाे छ।

६ महानगरपालिकासहित २१९ स्थानीय तहको परिणाम अझै बाँकी छ ।


प्रतिकृया दिनुहोस