२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

५ सय ४ स्थानीय तहकाे मतगणना सार्वजनिक, कसले कति जिते ?

- विशेष खबर बुधबार ०४, जेठ २०७९ १०:५५

५ सय ४ स्थानीय तहकाे मतगणना सार्वजनिक,  कसले कति जिते ?

काठमाडौ । वैशाख ३० गते भएको स्थानीय चुनावको बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाहरु चुनावी परिणाम घोषणा भएको छ । 

नेपाली कांग्रेस २२६ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । याे घोषित परिणामको करिब ४५ प्रतिशत हाे । १ सय ४५ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले ९८ स्थानमा जीत हासिल गरेको छ ।

पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। यसअघिकाे स्थानीयतह चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ९-९ स्थानीय तह प्रमुख जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतन्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १७ स्थानीय तहको प्रमुख जितेका छन् ।

उपप्रमुखतर्फ कांग्रेसले २ सय १३ को स्थानीय तहको उप प्रमुख जितेको छ । एमालेले १ सय ५१, नेकपा माओवादी केन्द्रले १ सय ३, नेकपा एकीकृत समाजवादीले १६ स्थानीय तहको उपप्रमुखमा जीत हासिल गरेको छ ।

जनता समाजवादी पार्टीले १०, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उप प्रमुखमा जित हालिस गरेको छ ।

७ सय ५३ मध्ये स्थानीय तहमध्ये ६ वटै महानगरपालिका, उपमहानगरपालिकाहरूलगायत केही अन्य स्थानीय तहकाे मतगणना भने जारी छ ।  


प्रतिकृया दिनुहोस