२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बैठक माग गर्दै नेकपा २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

बिहिबार २५, बैशाख २०७७ ०५:२८

बैठक माग गर्दै नेकपा २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं । पूर्वनिर्धारित स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेकपाभित्र असन्तुष्टि फेरि पोखिन थालेका छन् । बिहीबार नेकपाका २० स्थायी कमिटी सदस्य पार्टी मुख्यालय धुम्बाराहीमा भेला गरेका छन् ।

बैशाख १० मा पत्र लेखेर दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका २० नेता बिहीबार पार्टी मुख्यालयमा भेला भएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।

उनीहरुले मंगलबार दिउँसो पनि ललितपुरको एक रेष्टुरेष्टमा भेला गरेका थिए । पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उनीहरुको निश्कर्ष छ ।

पत्र लेख्ने र भेला गर्ने २० स्थायी कमिटी सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन् । उनीहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।


#नेकपा

प्रतिकृया दिनुहोस