२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

भरतपुरमा कडा प्रतिष्पर्धा, रेनु ३० मतले अगाडि

- रासस मङ्गलबार ०३, जेठ २०७९ ०८:०८

भरतपुरमा कडा प्रतिष्पर्धा, रेनु ३० मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की  रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छन् ।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिएकी छन् भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन् । स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गरेका छन् । 

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी भएका छन्। एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन् । 

वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।


प्रतिकृया दिनुहोस