२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

काठमाडाैंमा बालेन्द्र साहकाे अग्रता कायमै

- विशेष खबर सोमबार ०२, जेठ २०७९ १०:१६

काठमाडाैंमा बालेन्द्र साहकाे अग्रता कायमै

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो  मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् ।  

नेकपा एमालेका केशव स्थापितले दुई हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गरेका छन् । 

हाल राष्ट्रिय सभागृहबाट महानगरकाे मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ । निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका थिए। 

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । महानगरका हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ । 


प्रतिकृया दिनुहोस