२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

काठमाडौंमा बालेन शाहको अग्रता कायमै, भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा रेणुलाई ९८ मतकाे अग्रता

- विशेष खबर आइतबार ०१, जेठ २०७९ ०७:४६

काठमाडौंमा बालेन शाहको अग्रता कायमै, भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा रेणुलाई ९८ मतकाे अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाएका छन् । 

उहाँलाई एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहेक छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाएका छन्। मतगणना जारी छ ।

यसैगरी चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

२ हजार ९६८ मतगणना हुँदा दाहालले  १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।


प्रतिकृया दिनुहोस