२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

ललितपुरका चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक जारी

शनिबार ३१, बैशाख २०७९ ०८:३६

ललितपुरका चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक जारी

ललितपुर । जिल्लाका ६ स्थानीय तहमध्ये चार वटामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिइन्। गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो । 

जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम  र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो । 


प्रतिकृया दिनुहोस