२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

सबै महानगरपालिकमा बिहानबाट मतगणना सुरु हुने

- विशेष खबर शनिबार ३१, बैशाख २०७९ ०६:३९

सबै महानगरपालिकमा बिहानबाट मतगणना सुरु हुने

काठमाडौं । देशका सबै महानगरपालिकामा शनिबार बिहानबाट मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि तयारी भइरहेकाे छ। 

गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि काठमाडौं महानगरपालिकाको मतगणना राती सुरु हुन सकेको थिएन । प्रतिनिधिको संख्या मिलेपछि विहान ८ बजेबाट सुरु गरिन लागिएको हो । 

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ । विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 


प्रतिकृया दिनुहोस