२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

मतदानमा उत्साहजनक सहभागिता

- विशेष खबर शुक्रबार ३०, बैशाख २०७९ ०८:१६

मतदानमा उत्साहजनक सहभागिता
स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुग्नुभएका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन्।  आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल निर्धारण गरेका छ। आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । 

स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख मेयर, ४६० मा गाउँपालिका अध्यक्ष र सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन् । 

निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ।  सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


प्रतिकृया दिनुहोस