२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

आज देशभर स्थानीय तह निर्वाचन

- विशेष खबर शुक्रबार ३०, बैशाख २०७९ ०६:५८

आज देशभर स्थानीय तह निर्वाचन

काठमाडौं ।  आज दोस्रो पटक स्थानीय तह निर्वाचन हुँदै छ। निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन्।  आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल निर्धारण गरेका छ। आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । 

स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख मेयर, ४६० मा गाउँपालिका अध्यक्ष र सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन् । 

निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ।  सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 


प्रतिकृया दिनुहोस