२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द

बुधबार २४, बैशाख २०७७ ०४:०३

सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द

काठमाडौं । सरकारले लकडाउन जेठ ५ सम्म बढाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई गर्ने निर्णय गरेको हो । 

यस्तै अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।


#सीमा

प्रतिकृया दिनुहोस