२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

आज पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा, एमालेको भोलि

- विशेष खबर आइतबार २५, बैशाख २०७९ ०९:४२

आज पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा, एमालेको भोलि

काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने  सभालाई देउवा र दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिकृया दिनुहोस