२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

ओलीको चुनावी दौडधुप : एकै दिन गृह प्रदेशका चार कार्यक्रम सम्बोधन गर्दै

- विशेष खबर शनिबार २४, बैशाख २०७९ ०९:२५

ओलीको चुनावी दौडधुप : एकै दिन गृह प्रदेशका चार कार्यक्रम सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । 

शनिबार मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । 

यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन्। 

आइतबार उनी राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा ओली सहभागी हुने कार्यतालिका छ । त्यसपछि भने उनी रुपन्देहीको बुटवल जानेछन् ।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओलीकाे चुनावी दौडधुप बढेको हाे । 

सत्ता साझेदार दलहरू गठबन्धन गरेर जुटेकाले एमालेलाइ स्थानीय तह निर्वाचनमा साख जाेगाउन चुनाैतीपूर्ण बनेकाे छ ।  


प्रतिकृया दिनुहोस