२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एक साता थपिने

बुधबार २४, बैशाख २०७७ ११:२८

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एक साता थपिने

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ ।

कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले बुधबार लकडाउन थप्ने निर्णय गर्दैछ ।

कम्तीमा एक साताका लागि लकडाउन थपिने सम्भावना छ ।  चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदीय समितिमा लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । तर, मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो । समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन यथारुपमा थपिने बताएका थिए ।

बुधबार लकडाउन ४४ औं दिनमा पुगेकाे छ । संक्रमितको संख्या ८२ पुगेको छ ।


#लकडाउन

प्रतिकृया दिनुहोस