२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

- विशेष खबर बिहिबार २२, बैशाख २०७९ १२:२२

रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

सुर्खेत । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी  केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । झडपमा परी ६ जना घाइते भएका छन् ।  

कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ भने माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ । 

माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको रुकुमपश्चिमका डिएसपी विष्णुप्रसाद सोतीले बताए ।

जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् ।


प्रतिकृया दिनुहोस