२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

एमालेका काठमाडौं मेयर उम्मेदवार स्थापितले पठाए निर्वाचन आयोगमा स्पष्टीकरण

- विशेष खबर बिहिबार २२, बैशाख २०७९ १०:१६

एमालेका काठमाडौं मेयर उम्मेदवार स्थापितले पठाए निर्वाचन आयोगमा स्पष्टीकरण

काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेका केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्।

वैशाख १५ गते भएको एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न भनेको थियो।

उक्त कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यही कार्यक्रममा उनले ती प्रश्नकर्तातर्फ लक्षित गर्दै यो पनि भनेका थिए, 'के आधारमा प्रश्न गर्नुभयो यी बहिनीले? म पनि यी बहिनीले वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ?’

महिलालाई दुरूत्साहन हुने अभिव्यक्ति दिएपछि आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको थियो। यस्तै स्थापितले मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति दिएको अभिव्यक्तिमा पनि आयोगले प्रष्ट पार्न भनेको थियो। वैशाख १८ गते स्थापितले बालेनप्रति टिप्पणी गर्दै परिचय नखोल्ने अन्तर्राष्ट्रिय ठग भनेका थिए।

उक्त अभिव्यक्तिपछि आयोगले उनलाई स्पष्टीकरण दिन भनेको थियो। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’ स्थापितले भनेका थिए। यी दुई उजुरीमाथि स्थापितले आयोगमा स्पष्टीकरण पठाएका छन्।  


प्रतिकृया दिनुहोस