२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई २४ घन्टे स्पष्टीकरण

- विशेष खबर बुधबार २१, बैशाख २०७९ १०:२९

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई २४ घन्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

बुधबार आयोगले भट्टलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

यसैगरी आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।


प्रतिकृया दिनुहोस