२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

विप्लव नेतृत्वकाे नेकपा फुट्याे, असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो

- विशेष खबर बुधबार २१, बैशाख २०७९ ०१:४३

विप्लव नेतृत्वकाे नेकपा फुट्याे, असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द हटाइएका छन् ।

चितवनको पर्सामा बुधबारबाट सुरु भएको हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधर नेताहरूको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो  ।

स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर महासचिवबाट चन्दलाई हटाइएको उक्त समूहका नेता गुणराज लोहनीले बताए ।  

राष्ट्रिय भेलाले धर्मेन्द्र बास्तोलालाई पार्टीको केन्द्रीय संयोजक तोकेको छ । ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्यीय सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित रहेको उनले जानकारी दिएका छन् । त्यस्तै खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पार्टी प्रवक्ताबाट हटाइएको छ ।

केही दिन पहिले चन्दले धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जम्मेवारीबाट मुक्त गरेका थिए । चुनावमा भाग लिएको विषयमा पार्टी निर्णयविपरीत वक्तव्य निकालेको भन्दै उनले दुवै नेताको जिम्मेवारी खोसेका थिए ।


प्रतिकृया दिनुहोस