२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह

- विशेष खबर आइतबार १८, बैशाख २०७९ ०२:२४

प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह

काठमाडाैं । नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) धीरजप्रताप सिंह बढुवा भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हाे । आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

सिंह ०४९ १ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी अधिकारी हुन् । आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर, सरकारले सिंहलाई नियुक्त गरेको हो । उनीहरू एकै ब्याची भए पनि एआईजी बढुवा भने फरक–फरक मितिमा भएका थिए । 

 


प्रतिकृया दिनुहोस