२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

काे बन्ला आईजीपी ?

- विशेष खबर आइतबार १८, बैशाख २०७९ ०१:५१

काे बन्ला आईजीपी ?

काठमाडौं । सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न सकेको छैन ।

नेपाल प्रहरीमा कसलाई महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मतभेद छ । गृह मन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको छ ।

गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिले पोखरेललाई आईजीपीमा बढुवा गर्न सिफारिस गरेको हो । तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएकाे स्राेतकाे दाबी छ ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् । जसले गर्दा आइतबारको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ । 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।

देउवाले आफ्नो मान्छे भन्दै डीआईजीको सातौं नम्बर बरियतामा रहेका सिंहलाई पहिलो नम्बरमा राखेर एआईजीमा बढुवा गराएका थिए ।  


प्रतिकृया दिनुहोस