२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

४९ जिल्लामा मतपत्र ढुवानी

- रासस शनिबार १७, बैशाख २०७९ ०६:३८

४९ जिल्लामा मतपत्र ढुवानी

काठमाडाैं। स्थानीय तह निर्वाचनका लागि हालसम्म ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । 

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । 

निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म छवटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।


#स्थानिय तह निर्वाचन

प्रतिकृया दिनुहोस