२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

आज उम्मेदवारलाई निर्वाचन चिह्न दिइने

- विशेष खबर शनिबार १७, बैशाख २०७९ ०८:५७

आज उम्मेदवारलाई निर्वाचन चिह्न दिइने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन आयोगले चिह्न प्रदान गर्दैछ ।

आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ ।

आयोगले शुक्रबार उम्मेदवारहरूमाथि परेका उजुरी उपर छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिसकेको छ । अन्तिम नामावलीमा रहेका उम्मेदरवारहरुलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । 

उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । यही वैशाख ३० गते मतदान हुनेछ ।


प्रतिकृया दिनुहोस