२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

आजसम्म उम्मेदवारी फिर्ता लिन सकिने, साझ अन्तिम नामावली प्रकाशन

- विशेष खबर शुक्रबार १६, बैशाख २०७९ ०६:५४

आजसम्म उम्मेदवारी फिर्ता लिन सकिने, साझ अन्तिम नामावली प्रकाशन

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएको छ ।

उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरका ७ सय ५३ वटै स्थानीय तहका लागि एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको छ ।

आयोगले बिहीबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । शुक्रबार नाम फिर्ता लिने समय सकिएपछि उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारहरुलाई १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ। 


प्रतिकृया दिनुहोस