२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सुदूरपश्चिम प्रदेश सांसद कर्ण मल्ल कांग्रेसबाट निष्कासित

- विशेष खबर मङ्गलबार १३, बैशाख २०७९ १०:२५

सुदूरपश्चिम प्रदेश सांसद कर्ण मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं। नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेकोले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन् । 

 कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बीपीमा प्रवेश गरी स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेसँग गठबन्धन गरेको थियो । डडेल्धुरा देउवाको गृह जिल्ला हो ।


प्रतिकृया दिनुहोस