२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी

- विशेष खबर मङ्गलबार १३, बैशाख २०७९ ०६:४८

३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुने पद संख्या भने ३५ हजार २२१ हो । 

तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् । 

सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसपछि प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७२० जना, बाग्मती प्रदेशमा १७ हजार २२५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९८४ जना र गण्डकी प्रदेशमा ८ हजार ५३२ जनाले मनोनयन दर्ता गराएका छन्  

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सर्वाधिक प्रमुख पदमा मधेस प्रदेशमा १ हजार ५ जना र सर्वाधिक कम कर्णाली प्रदेशमा १ सय ५९ जनाले मनोनयन दर्ता गराए  

उपप्रमुखमा पनि सर्वाधिक मधेस प्रदेशमै ४ सय ९५ जना र सर्वाधिक कम गण्डकी प्रदेशमा १ सय १५ जना, अध्यक्षमा सर्वाधिक ७ य ५४ जनाले मधेस प्रदेशमै र सर्वाधिक कम सुदूरपश्चिम प्रदेशमा २ सय २४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ । त्यहाँ ३८३ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १७३ जनाले उम्मेदवारी दिएका छन् ।

यसरी नै वडा सदस्य पदमा सर्वाधिक ३६ हजार ४८८ जनाले मनोनयन दर्ता गराएका छन् । 

वडा अध्यक्षमा २५ हजार ६४ जना, महिला सदस्यमा १७ हजार ४६७ जना र दलित महिला सदस्य १५ हजार ६९७ जनाले मनोनयन दर्ता गराए  
 


प्रतिकृया दिनुहोस