२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

नेप्से परिसूचकमा उच्च अकंको बृद्धि

- विशेष खबर आइतबार ११, बैशाख २०७९ ०५:४९

नेप्से परिसूचकमा उच्च अकंको बृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अकंले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अकंको बृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अकंले उकालो लागेर दुई हजार ४२०.९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७.७४ अकंले उकालो लागेर ४६०.८८ मा पुगेको छ ।
 
नेप्से उच्च अकंले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२.१२, व्यापार २२.७९, होटल तथा पर्यटन ८४.९३, विकास बैंक २६२.३७, जलविद्युत् १८९.१७, वित्त १४३.६७, निर्जीवन बीमा ४३४.३७, उत्पादन १५६.४६, अन्य ८८.७६, लघुवित्त १७९.४२, जीवन बीमा ४२३.३७, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.३३ अङ्कले उकालो लागेको छ । 

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५६६ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट रु ११ करोड ७६ लाख २२ हजार ७३३, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड १२ लाख २० हजार १५७, हिमालयन डिस्टिलरी रु आठ करोड ४१ लाख १७ हजार ९३८ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख २९ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।


#शेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस