२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक बस्दै

- विशेष खबर आइतबार ११, बैशाख २०७९ ०९:११

उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक बस्दै

काठमाडौं । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेपछि उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।  

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भए पनि सहमति हुन सकेन।

देशभरि आइतबार बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको तालिका भए पनि महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए ।


प्रतिकृया दिनुहोस