२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

उच्चस्तरीय समितिले गर्‍यो लकडाउन थप्न सिफारिस

मङ्गलबार २३, बैशाख २०७७ ०७:१९

उच्चस्तरीय समितिले गर्‍यो लकडाउन थप्न सिफारिस
फाइल तस्बिर

काठमाडौं। काेराेना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्न सुझाव दिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए । 'लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,' बैठकपछि सचिव बिडारीले भने ।


#लकडाउन

प्रतिकृया दिनुहोस