२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

पाल्पामा यसरी मिल्याे सत्ता गठबन्धनकाे भागबण्डा

आइतबार ११, बैशाख २०७९ ०७:२५

पाल्पामा यसरी मिल्याे सत्ता गठबन्धनकाे भागबण्डा

रामपुर (पाल्पा) । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् ।

नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।

कांग्रेसले रामपुर र तानसेन नगरपालिका सहित निस्दी , माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख , माओवादी केन्द्रले  तिनाउ  र रिब्दीकोट गाउँपालिका तथा एकीकृत समाजवादीले पूर्वखोला  र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ ।  

कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबण्डाको टुङ्गो लगाएको जानकारी दिए । 

उनका अनुसार कांग्रेसको भागमा उपप्रमुख–उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी , तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ ।

यसैगरी माओवादी केन्द्रको भागमा निस्दी , रैनादेवी छहरा र तानसेन नगरपालिका  परेको भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ ।


प्रतिकृया दिनुहोस