२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

यी हुन् एमालेका ५ महानगर र ९ उपमहानगरका मेयर र उपमेयर उम्मेदवार

- विशेष खबर शनिबार १०, बैशाख २०७९ १०:०९

यी हुन् एमालेका ५ महानगर र ९ उपमहानगरका मेयर र उपमेयर उम्मेदवार

काठमाडौं । नेकपा एमालेले ५ महानगरपालिका तथा ९ उपमहानगरपालिको मेयर तथा उपमेयरका उम्मेदवार टुंगाएको छ ।

विराटनगर महानगरपालिका र जनकपुर, जितपुर सिमरा उपमहानगरपालिकाबाहेक अन्यको मेयर तथा उपमेयरको टुंगो लगाएको हो । 

एमालेले काठमाडौंमा केशव स्थापितलाई मेयर र सुनिता डंगोललाई उपमेयरमा उठाउने भएको छ । ललितपुर महानगर प्रमुखमा हरिकृष्ण व्यञ्जनकार, उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्य, पोखरामा प्रमुख दीपक पौडेल र उपप्रमुख मञ्जुदेवी गुरुङ, भरतपुर प्रमुखमा विजय सुवेदी चयन भएका छन् ।

भरतपुरमा उपप्रमुख टुंगिएको छैन । यस्तै वीरगन्जमा प्रमुख विजय सरावगीको नाममा निर्णय भए पनि उपप्रमुख पद पाएको लोसपाले भने नाम सिफारिस गरेको छैन ।

उपमहानगरका उम्मेदवारहरू :

हेटौंडा

प्रमुख- अनन्त पौडेल

उपप्रमुख- सुमित्रा काप्रे

कलैया

प्रमुख- विनोद साह

उपप्रमुख- बाँकी

धरान

प्रमुख - मञ्जु भण्डारी

उपप्रमुख - पदम लिम्बु

इटहरी

प्रमुख-  यमकुमार सुब्बा

उपप्रमुख-  संगीता चौधरी

धनगढी

प्रमुख - रणबहादुर चन्द

उपप्रमुख - कन्तकला थारु

नेपालगञ्ज

 प्रमुख - पशुपतिदयाल मिश्र

उपप्रमुख - शान्तिदेवी ढकाल

तुलसीपुर

प्रमुख - टीकाराम खड्का

उपप्रमुख - ज्ञानी चौधरी

घोराही

प्रमुख- नरुलाल चौधरी

उपप्रमुख- मनकुमारी केसी

बुटवल

प्रमुख- बाबुराम भट्टराई

उपप्रमुख- सावित्रादेवी अर्याल


प्रतिकृया दिनुहोस