२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

- विशेष खबर शुक्रबार ०९, बैशाख २०७९ ०१:०७

निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

काठमाडौं। आगामी ३० वैशाखमा हुने ्स्थारनीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र मात्रै छापिन बाँकी छ ।

निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ ।

‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् ।


प्रतिकृया दिनुहोस