२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, काठमाडौंमा वैशाख २२ गते

- विशेष खबर बिहिबार ०८, बैशाख २०७९ १०:१२

गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, काठमाडौंमा वैशाख २२ गते

काठमाडौं । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरहरूमा संयुक्त चुनावी सभा गर्ने भएकाे छ।

गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान बसेको बैठकले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वैशाख १८ गतेदेखि २२ गतेसम्म सात प्रदेशका सात मुख्य सहरहरूमा चुनावी सभा गर्ने निर्णय भएको बताए ।

गठबन्धनले वैशाख २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा गर्नेछ । सो सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

गठबन्धनले वैशाख १८ गते धनगढी र सुर्खेत, १९ गते बुटवल र पोखरा, २० गते जनकपुर र विराटनगर तथा २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा गर्ने नेता गुरुङले बताए।  


प्रतिकृया दिनुहोस