२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

जनप्रतिनिधिले उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने

- विशेष खबर मङ्गलबार ०६, बैशाख २०७९ ०७:२१

जनप्रतिनिधिले उम्मेदवार बन्न  पदबाट राजीनामा दिनुपर्ने

काठमाडौं । सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने भएकाे छ ।

मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको हो ।

 


#सर्वोच्च अदातलत #निर्वाचन आचारसंहिता

प्रतिकृया दिनुहोस