२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

एमाले सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट

मङ्गलबार ०६, बैशाख २०७९ ११:२३

एमाले सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट

काठमाडाैं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहरादूनमा भेटघाट भएको छ ।

भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा दुबै देशकाे हकहितका बारेमा छलफल भएकाे हाे । उनीहरुले एकअर्कालाई तुलसीकाे  बिरुवा दिएका थिए । भारतकाे उत्तराखण्ड र नेपालकाे सुदूरपश्चिम क्षाेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएकाे थियाे ।

मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् । मुख्यमन्त्रीकाे सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।


प्रतिकृया दिनुहोस