२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

एआइजी बढुवाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

- विशेष खबर मङ्गलबार २२, चैत २०७८ ०७:२४

एआइजी बढुवाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) त्रय ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटमा न्यायाधीश कुमार चुडालले सुनुवाइ गरेको थियो । डीआईजीहरूले माग गरेबमोजिम आदेश दिन भने न्यायाधीश चुडालको इजलासले अस्वीकार गरेको छ ।

सरकारले वरिष्ठता र कार्य क्षमताको आधारमा नभई गैरकानुनीरूपमा बढुवा गरेको दाबी गर्दै उनीहरूले रिट दायर गरेका थिए । सरकारले डीआइजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई एआईजीमा बढुवा गरिसकिएको छ ।

सर्वोच्च अदालतले उक्त रिट निवेदनमा विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई अदालतले चैत २८ गतेका बोलाएको छ ।


# नेपाल प्रहरी #एआइजी #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस