२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, ऋषि कट्टेलको नेकपाले पाएन

- विशेष खबर बिहिबार २६, फागुन २०७८ १०:२८

स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, ऋषि कट्टेलको नेकपाले पाएन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ ।  आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

स्थानीय तह निर्वाचनमा सहभागी हुन निवेदन दिएका दलहरू :


प्रतिकृया दिनुहोस