२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा भेट

सोमबार २२, बैशाख २०७७ ०९:४६

प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा भेट

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा वैशाख २५ मा बस्ने स्थायी कमिटि बैठकबारे छलफल भएको स्रोतले बतायो। स्रोतअनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटि बैठकका लागि प्रतिवेदन लेख्ने जिम्मेवारी दाहाललाई दिएका छन्। 

गत शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको थियो। नेकपाले २४ गते सचिवालय बैठक बोलाएको छ।

गत शनिबारको सचिवालय बैठकअगाडि पनि दुई अध्यक्षले छुट्टै कुराकानी गरेका थिए। सचिवालय बैठकमा दुई अध्यक्षको कुर्सी पनि समान हैसियतमा राखिएको थियो।

यसअघि मंसिर ४ को सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली पूरै कार्यकाल रहने र कार्यकारी अध्यक्ष दाहालले पार्टीको काम गर्ने सहमति भएको थियो। सहमतिअनुसारको जिम्मेवारी नपाएपछि दाहाल असन्तुष्ट बन्दै आएका थिए।


#नेकपा

प्रतिकृया दिनुहोस