२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

संघीय संसद्को महासचिवमा गौतम नियुक्त

सोमबार २२, बैशाख २०७७ ०७:२३

संघीय संसद्को महासचिवमा गौतम नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम डा गौतमलाई  सङ्घीय संसद्को महासचिवमा नियुक्त गरिएको हो । गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुन् । गौतम वरिष्ठ सचिवको रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए ।

विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका उनले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ एवं  त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । 

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हाल्ने छ्न् । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले कार्यभार सम्हाल्ने छन् ।

तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकको रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हालेका थिए ।   


#संसद

प्रतिकृया दिनुहोस