२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, निर्वाचन स्थगित

- विशेष खबर शनिबार २१, फागुन २०७८ ०८:५४

कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, निर्वाचन स्थगित

सप्तरी । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको  छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।

सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो ।  मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे  मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।

नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । 

प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए । विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस