२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

चितवन कांग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान आज

- विशेष खबर शनिबार २१, फागुन २०७८ ०८:५३

चितवन कांग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान आज

चितवन । पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि नेपाली कांग्रेस चितवनको सभापति छान्न शनिबार दोस्रो चरणको मतदान हुने भएको छ ।

शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान शनिबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले दोस्रो धेरै ६६२ मत ल्याएका छन् । सभापतिका अन्य दाबेदार उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ ।

मिलनबाबु देउवा पक्षका उम्मेदवार हुन भने खनाल कोइराला पक्षका उम्मेदवार हुन् । बाँकी तीन जना उम्मेदवार संस्थापन इतरकै उम्मेदवार हुन् ।


प्रतिकृया दिनुहोस