- विशेष खबर शनिबार ०७, फागुन २०७८ ०६:१९
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा (एस)ले गठबन्धन जोगाउने मझधारको बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा (एस)ले संसद्मा टेबल गर्न नदिने अडान लिएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा सक्रिय थिए ।
एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्ने जोखिम भएपछि नेकपा (एस) बीच बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो ।
स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबल गर्न दिने निष्कर्ष सुनाएका थिए ।
प्रतिकृया दिनुहोस