२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक भाेलि पुनः बस्ने

- विशेष खबर सोमबार ०२, फागुन २०७८ ०७:०७

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक भाेलि पुनः बस्ने

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते फेरि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आइतबार बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था, अमेरिकी सहयोग एमसीसी, हुन बाँकी जिल्ला अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा तथा स्थानीय निकायको आसन्न निर्वाचनलगायत विषयमा सदस्यले आआफ्नो धारणा राखेको बैठकमा सहभागी पार्टीकी केन्द्रीय सदस्य एवं महिला, बालबालिका एवं ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताइन् ।

आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, एनपी साउदलगायतले धारणा राखेका थिए ।


प्रतिकृया दिनुहोस